इङ्ल्याण्ड लाई पराजित गर्दै बेल्जियम तेश्रो बन्यो

इङ्ल्याण्ड लाई पराजित गर्दै बेल्जियम तेश्रो बन्यो

असार ३० , अनलाईन खेलखवर || रसिया मा जारी फिफा बिश्वकप अन्तर्गत आज भएको तेस्रो स्थान लागि भएको खेल मा बेल्जिमयले इंग्ल्यान्डलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । जुन बेल्जियम फुटबल को हाल सम्म कै ठूलो उपलब्धि हो ।

यता हारसँगै इंग्ल्यान्ड चौथो स्थानमा सीमित हुन पुग्यो ।
सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि दुवै टिम फाइनलमा पुग्न चुकेका थिए ।

आज सनिवार भएको खेल मा बेल्जियम ले चौथो मिनेटमै अग्रता लिएको थियो । नासेर चार्डलि को क्रस मार्फत थोमस मेउनियरले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफ १-० को अन्तर मा सकिएको खेल मा ८२ मिनेटमा बेल्जियमले दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्यो । बेल्जियम का लागि दोस्रो गोल कप्तान इडिन हजार्डले गरेका थिए ।

अब बिश्वकप को फाईनल आईतवार हुनेछ । फाईनल मा फ्रान्स र क्रोएसिया भिडने छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *