नेयमारको गोलमा पीएसजीलाई कोपा डी फ्रान्सको उपाधि

नेयमारको गोलमा पीएसजीलाई कोपा डी फ्रान्सको उपाधि

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमारको एक गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कोपा डी फ्रान्सको उपाधि उचालेको छ ।

शुक्रबार भएको खेलमा पीएसजी च्याम्पियन बन्ने क्रममा उसले सेन्ट इटिनेलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

खेलको १४ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाँकी समयका दुबै टिमले केही राम्रा अवसर प्राप्त गरेको भएपनि सफल हुन् नसक्दा अन्ततः नेयमारको त्यो गोल निर्णायक सावित हुन पुग्दा पीएसजीलाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।

यता कोरोना भाइरस( कोभिड-१९ ) का कारण बीचमा केही महिना रोकिएको खेलकुद गतिविधिको सुचारु फुटबलबाट भएको थियो ।युरोपका अधिकाम्स लिगहरु विना दर्शक सुचारु भएपनि फ्रान्समा भने दर्शकसहित यो खेल खेलाईएको छ ।

८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा उक्त खेल भएपनि मात्र ५ हजार दर्शकहरुलाई खेल हेर्न अनुमति दिएको थियो । ५ हजारले अनुमती पाएको भएपनि खेल हेर्न २८ सय ५ जना मात्र रंगशाला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *