onlinekhelkhabar.com

Complete website for Nepali Sports News

गोलको वर्षा भएको खेलमा चेल्सीमाथि लिभरपुलको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लन्डन क्लब चेल्सीमाथि सानदार जित हासिल गर्न सफल भएको छ ।

बुधबार राति लिभरलुलको घरेलु मैदान भएको खेलमा लिगको च्याम्पियन लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

खेलमा लिभरपुललाई जित दिलाउन नाबी केइटा , ट्रेंट अलेक्ज्याण्डर-अर्नोल्ड ,जर्जिनियो विज्नल्डम ,रोबर्टो फिर्मिनो र एलेक्स ऑक्स्लेड-चेम्बरलेनले समान एक –एक गोल गरेका थिए । भने चेल्सीका लागि टमी अब्राहम, ओलिभर जिराउड र क्रिस्टियन पुलिसिसले पनि समान एक –एक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा लिभरपुलले खेलको २३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल केइटाले गरेका थिए । त्यसपछि खेलको ३८ औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो ।टिमलाई २-० को अग्रता दिलाउने क्रममा ट्रेंट अलेक्ज्याण्डरले दोस्रो गोल गरे । भने त्यसको पाँच मिनेटपछि लिभरपुलका जर्जिनियोले तेस्रो गोल गर्दा पहिलो हाफको इन्जुरी समयमा चेल्सीका टमी अब्राहमले एक गोल फर्काउन सफल भएका थिए ।

पहिलो हाफमा ३-१ ले अगाडी रहेको लिभरपुलले चौथों गोल खेलको ५४ औं मिनेटमा गर्यो ।उक्त गोल रोबर्टोले गरेका थिए । त्यसपछि भने चेल्सीका टमीले ६१ औं मिनेटमा दोस्रो गोल गरेपछि चेल्सी खेलमा फर्किने प्रयासमा रहेको थियो । ४-१ ले पछि परेको अवस्थामा चेल्सीले क्रिस्टियनको गोलमार्फत ७३ औं मिनेटमा तेस्रो गोल गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । तर ८४ औं मिनेटमा लिभरपुलका एलेक्सले टिमका लागि पाँचौ गोल गरेपछि चेल्सी स्तब्ध बन्न पुग्यो ।

लिगमा एक खेल खेल्न बाँकी रहेको लिभरपुलले चेल्सीमाथिको यो जितसँगै अंकतालिकामा ९६ अंक जोडेको छ । भने पराजीत हुन् पुगेको चेल्सी अंकतालिकामा तेस्रोबाट एक स्थान तल झर्दै चौथों स्थानमा रहेको छ । चेल्सी र म्यान्चेष्टर युनाईटेडको समान ६३ अंक भएको भएपनि गोल अन्तरमा माथि रहँदै युनाईटेड तेस्रो स्थानमा रहेको छ ।

यता सात खेल अगावै लिग च्याम्पियन बनेको लिभरपुलले यो खेलपछि घरेलु मैदानमा उपाधि समेत उचालेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *