बार्सिलोनाको उपाधि होड जिवितै

बार्सिलोनाको उपाधि होड जिवितै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलले रोमाञ्चक मोड लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि जित हासिल गरेपछि बार्सिलोनाको उपाधि होड जिवितै रहदा लिग रोचक बन्न पुगेको हो ।

यो जितले लिगको उपाधिका लागि बार्सिलोनाको सम्भावनालाई पनि जिवितै बनाएको हो । हाल एक खेल कम खेलेको रियल म्याड्रिड ३४ खेलबाट ७७ अंकसहित शीर्षस्थानमा रहेको छ । भने बार्सिलोनाको ३५ खेलबाट ७६ अंक रहेको छ ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्साले एस्पान्योललाई १-० ले पराजित गरेको थियो । टिमलाई निकै महत्वपूर्ण खेलमा जित दिलाउन लुइस सुआरेजले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यता बार्सिलोनासँग पराजित हुन् पुगेको एस्पान्योल रेलिगेसनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *