युभेन्ट्समाथि एसी मिलानको सानदार जित
एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत अंकतालिकाको शीर्षस्थानमा रहेको युभेन्ट्स एसी मिलानसँग पराजित हुन् पुगेको छ ।
गएराति भएको खेलमा युभेन्ट्सले अग्रता बनाएको भएपनि एसी मिलानले निकै राम्रो पुनरागमन गर्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ४७ औं मिनेटमा युभेन्ट्सका
एड्रियन रोबोटले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई २-० ले अग्रता दिलाए ।
तर यसपछि भने एसी मिलानले राम्रो प्रदर्शन खेलमा गर्यो । फलस्वरुप २-० ले पछि परेको अवस्थामा पनि खेललाई उल्टाउन सफल पनि भयो ।
खेलको ६२ औं मिनेटमा एसी मिलानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता २-१ ले झार्यो । पाएको अवसरलाई ज्लाटन ईब्राहिमोभिचले सदुपयोग गरे । पहिलो गोल गरेपछि उत्साहित बनेको एसी मिलानले त्यसको ४ मिनेटपछि बराबरी गोल फर्कायो ।
खेललाई बराबरीमा ल्याउने क्रममा फ्रेन्क किसीले टिमका लागि दोस्रो गोल गर्दा अर्को मिनेटमा राफेल लिओले टिमका लागि तेस्रो गोल गर्न सफल भए र खेलको ८० औं मिनेटमा एन्टे रेविकले टिमका लागि चौथो गोल गर्दै एक समयपछि परेको अवस्थाबाटमाथि उठदै टिमलाई जित दिलाए ।
हालसम्म ३१ खेल खेलेको युभेन्ट्स ७५ अंकसहित अंकतालिकाको शीर्षस्थानमा यथावत रहेको छ । जसलाई ६८ अंक रहेको लाजियोले पछ्याईरहेको छ भने युभेन्ट्समाथि जित हासिल गरेको एसी मिलान ४९ अंकसहित अंकतालिकाको पाँचौस्थानमा रहेको छ ।