युभेन्ट्सको अर्को सानदार जित
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्षस्थानको युभेन्ट्सले सहज जित हासिल गरेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले सहज जित हासिल गर्ने क्रममा टोरिनोलाई ४-१ ले पराजित गर्न सफल भयो ।
अंकतालिकामा ३१ अंकसहित १५ औं स्थानमा रहेको टोरिनोमाथि जित निकाल्ने क्रममा युभेन्ट्सका पाउलो डिबाला, जुवान कोर्डाडो र क्रिस्टियानो रोनाल्डोले समान एक – एक गोल गर्दा टोरिनोको आन्द्रे बेलोट्टीले एक गोल गरेका थिए ।
खेलमा युभेन्ट्सले सुरुवाती तेस्रो मिनेटमै अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल पाउलोले गरेका थिए । त्यसपछि जुवानले युभेन्ट्सका लागि दोस्रो गोल खेलको २९ औं मिनेटमा गरे ।
पहिलो हाफमा ईन्जुरी समयमा युभेन्ट्सले एक गोल खायो । टोरिनोको आन्द्रे बेलोट्टीले पेनाल्टीलाई सदुपयोग गर्दै सुन्दर गोल गरे ।
पहिलो हाफ २-१ ले सकिएको खेलमा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले खेलको ६१ औं मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गर्दा ८७ औं मिनेटमा युभेन्ट्सले उपहार गोल प्राप्त गर्यो । टोरिनोका कोफिले आत्मघाती गोल गर्न पुग्दा समग्रमा टोरिनो ४-१ ले स्तब्ध हुन् पुग्यो ।
यो जितसँगै युभेन्ट्सले शीर्षस्थानमा यथावत रहेको युभेन्ट्सले दोस्रोस्थानमा रहेको लाजियोसँग ७ अंकको अग्रता बनाएको छ । ३० खेल खेलेको युभेन्ट्सको अहिले अंकतालिकामा ७५ अंक रहेको छ ।