जर्मन कपको उपाधि बायर्न म्युनिखलाई
एजेन्सी । जर्मन कप फुटबल (डिएफबी पोकल) को उपाधि बायर्न म्युनिखले उचालेको छ ।
शनिबार राति भएको खेलमा लिभरकुसनमाथि ४-२ ले जित आत्मसाथ गर्दै बार्यनले उपाधि उचालेको हो । यसअघि बार्यनले बुन्डेसलिगाको पनि उपाधि उचालेको थियो ।
खेलमा टिमलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल र डेभिड अलाबा र सर्जी जिनाब्रीले समान एक – एक गोल गरेका थिए ।
भने लिभरकुसनका स्वेन बेंडर र काइ हभर्ट्जले एक – एक गोल गरेका थिए ।
खेलमा बार्यनले खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि पहिलो गोल डेभिडले गरेका थिए । त्यसपछि दोस्रो गोल बार्यनले २४ औं मिनेटमा गर्यो । दोस्रो गोल सर्जीले गरेका थिए ।
पहिलो हाफ भित्र २-० ले अगाडी रहेको बार्यनले ५९ औं मिनेटमा तेस्रो गोल गर्यो । टिमका लागि तेस्रो गोल रोबर्टले गरेका थिए ।
३-० ले पछि पर्दै गरेको लिभरकुसनले ६३ औं मिनेटमा पहिलो गोल गर्न सफल भयो । उक्त गोल स्वेनले गरेका थिए । खेल ३-१ ले चल्दै गर्दा ८९ औं मिनेटमा बार्यनले चौथो गोल गर्यो जुन गोल रोबर्टले गरेका थिए ।
लगभग उपाधि गुमाईसकेको लिभरकुसनले खेलको ईन्जुरी समयको अन्तिम तिर पेनाल्टीको अवसर प्राप्त गर्यो । जसलाई हभर्ट्जले सदुपयोग गर्दा यसरी बार्यनले जर्मन कपको उपाधिमाथि २० औं पटक आफ्नो नाम दर्ता गराउन सफल भयो ।