onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लिग च्याम्पियन लिभरपुलको लज्जास्पद हार

एजेन्सी। ३० वर्षको अन्तरालपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको लिभरपुल शुक्रबार भएको खेलमा अंकतालिकाको दोस्रोस्थानमा रहेको म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेको छ ।

लिगमा सात खेल अगावैनै च्याम्पियन बनेको लिभरपुललाई सिटीले नराम्रो हार चखाएको छ । च्याम्पियनविरुद्ध गोलको वर्षानै गर्दै सिटीले लिभरपुललाई ४-० गोल अन्तरले पराजित गर्यो ।

खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत सिटीले अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा पेनाल्टीलाई केभिन डी ब्रूनेले सहि सदुपयोग गरे ।

पेनाल्टीमार्फत पहिलो गोल गरेपछी सिटीले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । दोस्रो गोल रहीम स्टर्लिंगले गरेका थिए। त्यसपछि पहिलो हाफको अन्त्यतिर फिल फोडेनले गोल गरेपछी सिटीले पहिलो हाफ भित्र ३-० को अग्रता बनाईसकेको थियो ।

पहिलो हाफमा ३-० ले पछि परेको अवस्थामा लिभरपुल थप दबाबमा आईसकेको थियो ।जसको फल स्वरुप लिभरपुलले सिटीलाई एक गोल उपहार स्वरुप प्रदान गर्यो । लिभरपुलका
ऑक्स्लेड-चेम्बरलेनले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछी लिभरपुल स्तब्ध बन्यो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *