onlinekhelkhabar.com

Complete website for Nepali Sports News

फेरी बार्सिलोना शीर्षस्थानमा

एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत बार्सिलोना फेरी पहिलोस्थानमा उक्लिएको छ ।

शनिबार राती भएको खेलमा सेल्टा भिगोसँग २-२ को बराबरी खेलेपछी बार्सिलोना पुन : शीर्षस्थानमा उक्लिएको हो ।

हालसम्म ३२ खेल खेलेको बार्सिलोना ६९ अंकका साथ अंकतालिकाको पहिलोस्थानमा रहदा एक खेल कम खेलेको रियल म्याड्रिड १ अंकले नै पछी रहेको छ ।

यता लिगको पुछारबाट चौथोस्थानमा रहेको सेल्टा भिगोसँग उसैको मैदानमा खेल्दा सेल्टा भिगोको तर्फबाट फेडर स्मोलोभ र इगो एस्पासले एक -एक गोल गरेका थिए । भने बार्साका लागि दुबै गोल लुइस स्वारेजले गरेका थिए ।

खेलमा अग्रता पनि बार्साले गरेको थियो । खेलको २० औं मिनेटमा लुइस स्वारेजले पहिलो गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको बार्साले ५० औं मिनेटमा बराबरी गोल खायो । खेललाई बराबरी ल्याउने क्रममा फेडर स्मोलोभले गोल गरेका थिए ।

त्यसपछि ६७ औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै फेरी बार्सालाई अग्रता दिलाए पनि ८८ औं मिनेटमा सेल्टा भिगोले बराबरी गोल फर्काउदा अन्ततः खेल २-२ को बराबरीमा सकियो ।

सेल्टा भिगोका लागि महत्वपूर्ण दोस्रो गोल एस्पासले गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *