onlinekhelkhabar.com

Complete website for Nepali Sports News

युभेन्ट्सको सानदार जित

एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत लेच्चेविरुद्ध युभेन्ट्सले फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्सले फराकिलो जित हासिल गर्ने क्रममा लेच्चेलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

युभेन्ट्सको जितमा पाउलो डिबाला , क्रिस्टियानो रोनाल्डो ,गोन्जालो हिगुआन र माथिज डे लिग्टले समान एक – एक गोल गरेका थिए ।

खेलको ३५ मिनेटपछि १० खेलाडीमा सिमित भएको लेच्चेमाथि युभेन्ट्सले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलमा राम्रो पुनरागमन गरेको युभेन्ट्सले पहिलो गोल ५३ औं मिनेटमा गर्यो । टिमलाई सुरुवाती अग्रता पाउलो डिबालाले दिलाएका थिए ।

त्यसपछि ६२ औं मिनेटमा युभेन्ट्सले अर्को गोल थप्यो । पेनाल्टीमार्फत क्रिस्टियानो रोनाल्डोले उक्त गोल गरेका थिए ।

रोनाल्डोको गोलपछि ८३ औं मिनेटमा हिगुआनले टिमका लागि तेस्रो गोल गरे । भने त्यसको २ मिनेटपछि माथिजले टिमका लागि चौथो गोल गर्दै टिमलाई सानदार जित दिलाए ।

योजितसँगै युभेन्ट्सले २८ खेलबाट ६९ अंकसहित शीर्षस्थानमा यथावतनै रहेको छ ।जसलाई लाजियोले पछ्याईरहेको छ । उसको ६२ अंक रहेको छ । यता पराजित भएको लेच्चे २५ अंकका साथ अंकतालिकामा पुछारबाट तेस्रोस्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *