onlinekhelkhabar.com

Complete website for Nepali Sports News

३० वर्षपछि प्रिमियर लिगको उपाधि लिभरपुललाई

एजेन्सी । ३० वर्षको अन्तरालपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्न सफल भएको छ ।

लिग अन्तर्गत बिहीबार राति अंकतालिकाको दोस्रोस्थानमा रहेको म्यान्चेस्टर सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएपछी सात खेल अगावै लिभरपुललाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

लिगको साविकको विजेता तथा हालको दोस्रो स्थानको टिम म्यान्चेस्टर सिटीविरुद्ध चेल्सीका क्रिश्चियन पुलिसिक र विलियनले एक – एक गोल गर्दा सिटीका केविन डी ब्रूनेले एक गोल फर्कएका थिए ।

खेलमा चेल्सीलेनै सुरुवाती अग्रता बनाएको थियो । उसका लागि पुलिसिकले खेलको ३६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको सिटीले ५५ मिनेटमा बराबरी गोल फर्कायो । खेललाई बराबरीमा ल्याउन केविनले महत्वपूर्ण गोल गरे ।

तर दुभाग्यपूर्ण ७८ औं मिनेटमा चेल्सीलाई पेनाल्टीको अवसर प्राप्त हुन् पुग्दा विलियन चुकेनन र गोल गरे । यो हारले लिभरपुललाई लामो अन्तरालपछि लिग च्याम्पियन बनायो ।

योसँगै लिगमा लिभरपुल १९ औं पटक च्याम्पियन बनेको छ । सर्वाधिक धेरै पटक च्याम्पियन बनेको म्यान्चेस्टर युनाइटेड २० औं पटक च्याम्पियन बनेको छ । लिभरपुलले पछिल्लो पटक सन् १९८९/९० को सिजन जितेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *