क्रिस्टलमाथि फराकिलो जित निकाल्दै लिभरपुल उपाधि नजिक

क्रिस्टलमाथि फराकिलो जित निकाल्दै लिभरपुल उपाधि नजिक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि फराकिलो जित हासिल गरेपछी लिभरपुल उपाधिको धेरै नजिक पुगेको छ ।

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

यो जितका साथ अंकतालिकामा ८६ अंक जोडिसकेको लिभरपुललाई आगामी खेल जितेमा पनि उपाधि उचाल्न प्रयाप्त बन्नेछ । अथवा अंकतालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी अब चेल्सीसँग पराजित भएको खण्डमा पनि लिभरपुलले उपाधिमाथि कब्जा गर्नेछ । यस्तो समीकरण पूरा भएन भने केही दिन उपाधि यात्रा लम्बिने छ ।

यता ४२ अंकसहित अंकतालिकाको नवौं स्थानमा रहेको क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकाल्ने क्रममा लिभरपुलका ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड,मोहम्मद सालाह फाबिनो र सादियो मानले समान एक-एक गोल गरेका थिए ।

खेलमा लिभरपुलले २३ औं मिनेटमा अग्रता बनाएको थियो । टिमका लागि पहिलो गोल अर्नोल्डले गरेका थिए । दोस्रो गोल मोहम्मद सलाहले खेलको ४४ औं मिनेटमा गरे ।

पहिलो हाफ भित्र २-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप २ गोल गर्यो । खेलको ५५ औं मिनेटमा फाबिनोले टिमका लागि तेस्रो गोल गर्दा सादियोले ६९ औं मिनेटमा चौथो गोल गर्दै टिमका लागि फराकिलो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *