बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो
एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत उपाधिको दाबेदार रियल म्याड्रिडले मालोर्कालाई पराजित गर्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा मालोर्कालाई २-० गोल अन्तरले पराजित गरेपछी रियल तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
हालसम्म ३१ खेल खेलेको रियलले ६८ अंकसहित अंकतालिकाको शीर्षस्थानमा उक्लिएको हो । समान ६८ अंकका साथ बार्सिलोनाले रियललाई पछ्याईरहेको छ ।
यता बार्सिलोनालाई पछि पार्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिने क्रममा मालोर्काविरुद्धको खेलमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक -एक गोल गरेका थिए ।
खेलको १९ औं मिनेटमा रियलका जुनियरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको रियलले दोस्रो हाफमा पनि एक गोल थप्यो ।
जितसँगै रियलले उपाधि भिडन्त बलियो बनाउँदै गर्दा मालोर्का ३१ खेलसहित २६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ । लिगमा पुछारका तीन टोली रेलिगेसनमा पर्नेछन् तसर्थ मालोर्का रेलिगेसनमा क्षेत्रमा रहेको छ ।