बिश्वकप को सेमिफाइनल समीकरण पूरा : खेल आउदो मङ्गलबार र बुधबार हुने

बिश्वकप को सेमिफाइनल समीकरण पूरा : खेल आउदो मङ्गलबार र बुधबार हुने

असार २४ , अनलाईन खेलखबर || रसिया जारी फिफा विश्वकप फुटबल अन्तर्गत शनिबार राति आयोजक रसिया र क्रोएसियाको खेल सकिएसंगै सेमिफाईनल समीकरण पुरा भएको छ ।

जारी बिश्वकप मा फ्रान्स, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसिया अन्तिम ४ मा स्थान मा पुग्न सफल भए । अब फाईनल प्रबेश का लागि सेमिफाइनल मा फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ ।

उरुग्वेलाई क्वाटर फाईनल मा २–० को अन्तरले ले पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको थियो भने बेल्जियम ५ पटक को बिश्व बिजेता ब्राजिल माथी रोमाञ्चक खेल मा २-१ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

भने ईङ्ल्यान्ड ले क्वाटरफाईनल मा स्विडेनलाई २–० गोल अन्तरले पराजित गर्दै २८ बर्ष पछि सेमिफाइनल खेल्दैछ भने यता आयोजक रसिया लाई पेनाल्टी सुटआउटमा ४ – ३ ले हराउदै क्रोएसिया सेमिफाईनलमा स्थान बनाउन सफल भयो ।

अब फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल जुलाई १० अर्थात आउदो मंगलबार पाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनल खेल मा इङ्ल्याण्डले क्रोएसियासंग प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल जुलाई ११ अर्थात बुधबार हुनेछ नेपाली समय अनुसार राति ११ :४५ मा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *