रोनाल्डोको गोलमा  युभेन्ट्सको सहज जित

रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

एजेन्सी । सिरी ए फुटबलमा युभेन्ट्सले बेलोग्नामाथि सहज जित हासिल गरेको छ ।

गएराती भएको खेलमा बेलोग्नामाथि जित हासिल गर्ने क्रममा युभेन्ट्सले २-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

टिमलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र क्रिस्टियानो रोनाल्डो र पाउलो डाइबालाले एक -एक गोल गरेका थिए ।

खेलमा युभेन्ट्सले अग्रता पेनाल्टी गोलमार्फत बनाएको थियो । खेलको २३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई रोनाल्डोले खेल जान दिएनन् र टिमलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ३६ औं मिनेटमा युभेन्ट्सले अर्को गोल गर्दै पहिलो हाफ भित्र २-० को अग्रता बनाईसकेको थियो । दोस्रो गोल पाउलोले गरेका थिए । बाँकी समयमा कुनै टिमबाट गोल हुन् नसक्दा अन्तिम तिर १० खेलाडीमा सिमित युभेन्ट्सले बाजि मार्यो ।

यो जितसँगै युभेन्ट्स अहिले अंकतालिकामा ६६ अंक सहित शीर्षस्थानमा छ । भने बेलोग्ना ३४ अंकसहित १० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *