म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्परले बराबरी खेलेका छन् ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको थियो ।

खेलमा टोटनह्यामले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो । टिमलाई अग्रता दिलाउने क्रममा स्टीवन बर्गविजनले गोल गरेका थिए ।

पहिलो हाफ भित्रै १-० ले पछि परेको युनाइटेडले बराबरी गोल फर्काउन ८१ औं मिनेटसम्म कुर्नु पर्यो । भाग्यमानी सावित हुन् पुगेको युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

टोटनह्यामका खेलाडी एरिक डायरले पेनाल्टी क्षेत्र भित्र फाउल गरेपछी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जुन अवसरलाई ब्रुनो फर्नांडिसले सदुपयोग गर्दै गुमिसकेको खेललाई बराबरीमा ल्याए ।

यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेडले ३० खेलबाट ४६ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा छ भने टोटनह्याम ४२ अंकका साथ आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *