उपाधि दाबेदार रियल म्याड्रिडको भ्यालेन्सियामाथि सहज जित

उपाधि दाबेदार रियल म्याड्रिडको भ्यालेन्सियामाथि सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको दाबेदार रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित हासिल गरेको छ ।

गएराती रियलको मैदानमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा रियलले भ्यालेन्सियालाई ३- ० गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

खेलमा टिमलाई जित दिलाउँन करीम बेन्जेमाले दुई गोल तथा मार्को एसेन्सिओले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने रियल आक्रमक शैलिमा प्रस्तुत हुँदै ३ गोल गर्न सफल भयो ।

६१ औं मिनेटमा टिमका लागि अग्रता दिलाउँने क्रममा बेन्जेमाले पहिलो गोल गरे । त्यसपछि रियलका एसेन्सिओले ७४ औं मिनेटमा गोल गरेपछी रियलले अग्रता दोब्बर बनायो ।

खेलको ८६ औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । यता खेलको अन्तिम समय तिर
भ्यालेन्सिया १० खेलाडीमा सिमित हुन् पुगेको थियो । उसका का -्ग-इन ली रातो कार्ड खादै मैदान बाहिरिका थिए ।

यो जितसँगै रियलले अंकतालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकको मात्र भएको छ । अहिले बार्सिलोनाको २९ खेलबाट ६४ अंक रहदा रियलको समान २९ खेलबाट ६२ अंक रहेको छ । यता रियलसँग पराजित हुन् पुगेको भ्यालेन्सिया ४३ अंकसहित आठौं स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *