स्विडेन लाई निराश पार्दै ईङ्ल्यान्ड २८ बर्ष पछि बिश्वकप को सेमिफाइनल मा प्रबेश

स्विडेन लाई निराश पार्दै ईङ्ल्यान्ड २८ बर्ष पछि बिश्वकप को सेमिफाइनल मा प्रबेश

असार २३ , अनलाईन खेल खबर । रसिया मा जारी फिफा बिश्वकप फुटबल अन्तर्गत आज भएको तेस्रो क्वाटरफाईनल खेल मा स्वीडेनलाई २-० को गोल अन्तर ले पराजित गर्दै २८ बर्ष पछि ईङ्ल्यान्ड बिश्वकप को सेमिफाइनल मा प्रबेश गरेको छ ।

सन् १९९० विश्वकपपछि ईङ्ल्यान्ड ले पहिलो पटक विश्वकप को सेमिफाइनल पुग्दा रुसको सामारा एरिनामा आज भएको खेल मा ईङ्ल्यान्ड ले ३०औं मिनेटमा अग्रता लिएको इं थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस डिफेन्डर ह्यारी मागुरीले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा १-० अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफ को ५८ औ मिनेट मा पनि अर्को गोल थप्यो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरियाबाट हेड गोल गर्दै ईङ्ल्यान्ड लाई २-० को अग्रता दिलाएका थिए । यसपछि बाकी समय मा कुनै टिम बाट गोल हुन सकेन र ईङ्ल्यान्ड ले क्वाटरफाईनल मा स्विडेन लाई निराश हुन बाध्य बनायो ।

यो जित सगै फाईनल प्रबेश का लागि अब ईङ्ल्यान्ड ले रसिया र क्रोएसिया बिचको बिजेता टिम सगँ सेमिफाइनल मा खेल्नेछ । यस अघि शुक्रबार भएको क्वाटरफाईनलका खेल मा फ्रान्स र बेल्जियम बिजयी हुँदै सेमिफाइनल पुगिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *