onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नापोलीले उचाल्यो कोपा ईटालियाको उपाधि

एजेन्सी । युभेन्ट्सलाई पराजित गर्दै नापोलीले कोपा ईटालियाको उपाधि उचालेको छ ।

गएराति भएको खेलमा कोपा ईटालियाको सर्वाधिक सफल टिममध्यको एक युभेन्ट्सलाई टाईब्रेकरमार्फत ४–२ ले पराजित गर्दै नापोली च्याम्पियन बनेको हो ।

खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन् नसक्दा खेलको नतिजा टाईब्रेकरमार्फत आएको थियो ।

योसँगै युभेन्टसको १४ औं पटक कोपा ईटालियाको उपाधि उचाल्ने सपना अधुरोनै हुन् पुग्यो । लगातार दुई सिजन युभेन्टस उपाधि विहिन हुन पुगेको छ । त्यसअघिका ४ सिजन भने युभेन्ट्सले लगातार आफ्नो नाममा लेखाउँन सफल भएको थियो ।

अघिल्लो सिजन एसएस लाजियोले जितेको थियो । भने यसपटकको च्याम्पियन नापोलीले यसअघि १३-१४ सिजन जितेको थियो । योसँगै कोपा ईटालियामा नापोलीले ६ पटक च्याम्पियन बनेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *