म्यान्चेस्टर सिटीको सानदार जित
एजेन्सी । कोरोना भाइरस( कोभिड -१९ ) ले गर्दा बीचमा रोकिएको इंग्लिस प्रिमियर लिग गएरातिबाट सुरु भएको छ ।
जसअन्तर्गत फर्किएको पहिलो दिनमा आर्सनलमाथि म्यान्चेस्टर सिटीले सानदार जित हासिल गरेको छ ।
सिटीले सानदार जित हासिल गर्ने क्रममा आर्सनललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा सिटीले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा टिमका लागि पहिलो गोल रहीम स्टर्लिंगले गरेका थिए ।
पहिलो हाफमा १-० ले पछाडी परेको आर्सनलका डेभिड लुइज खेलको ४९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिर हुँदा टिम १० खेलाडीमा सिमित हुन पुग्यो ।
त्यसपछि सिटीले खेलको ५१ औं मिनेटमा प्राप्त गरेको पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता २-० ले कायम गर्यो ।
गोल दोब्बर बनाउँने सुवर्ण असवरलाई केविन डी ब्रुयिनले खेर फालेनन । १० खेलाडीमा सिमित भएको आर्सनलमाथि सिटीले खेलको अन्तिम तिर पनि अर्को गोल गर्दा आर्सनल फराकिलो हार ब्यहोर्न बाध्य भयो । तेस्रो गोल फिल फोडेनले गरेका थिए ।
यो जितसँगै २९ खेल खेलेको सिटीले ६० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा यथावत छ भने पराजित हुन् पुगेको आर्सनल समान २९ खेलबाट ४० अंकका साथ अंकतालिकाको नवौं स्थानमा रहेको छ ।
यस्तै लिग अन्तर्गत भएको अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।