बायर्न म्युनिखलाई आठौं पटक बुन्डेसलिगाको उपाधि
एजेन्सी – बायर्न म्युनिखले जर्मनको शीर्ष डिभिजन लिग बुन्डेसलिगाको उपाधि आठौं पटक उचालेको छ ।
साविकको विजेता समेत रहेको म्युनिखले मंगलबार वेर्डर ब्रेमेनमाथि १-० ले जित हासिल गरेपछि लिगमा २ खेल अगावै म्युनिखले उपाधि उचालेको हो ।
म्युनिखलाई च्याम्पियन बनाउँने क्रममा रोबर्ट लेवान्डोस्कीले खेलको ४३ औं मिनेटमा गरेको गोलनै प्रयाप्त बन्यो ।
म्युनिखले लिगमा सन् २०१३ देखि लगातार उपाधिमाथि कब्जा गर्दै आएको छ । यसपटक भने उसले २ खेल अगावै उपाधि आत्मसाथ गर्न सफल भयो । बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो ।
अंकतालिकामा बार्यनलाई पछ्याईरहेको डर्टमुन्डको अहिले ३१ खेलबाट ६६ अंक रहेको छ । यस्तोमा १० अंकले पछि परेको डर्टमुन्डको अब बाँकी तीन खेल भएपनि अन्तत लिगले पुरानै च्याम्पियन पाएको हो ।