एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्णको सम्झनामा श्रद्धान्जली
काठमाडौं (अनलाइन खेलखबर ) । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कार्यवाहक अध्यक्ष समेत रहेका स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौं पुण्य तिथिका दिन एन्फाले बिहीवार श्रद्धान्जली सभा आयोजना गरेको छ ।
हाल विश्वसँगै नेपालमा समेत देखा परिरहेको कोरोना भाइरस ( कोभिड -१९ ) को स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दुरी कायम राख्दै एन्फाले श्रद्धान्जली सभा आयोजना गरेको थियो ।
श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु भएको सभामा एन्फा परिसरमै रहेको उनको प्रतिमामा उपस्थिति ब्यक्तिवले माल्यार्पण समेत गरिएको थियो ।
जसमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा ,वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ ,श्रेष्ठका परिवारजन तथा थ्री स्टार क्लबका प्रतिनिधिहरु, प्रशिक्षक , खेलाडी तथा संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।
नेपाली फुटबलमा श्रेष्ठलाई सम्मानिय नजरले सबैले हेर्ने गर्छन् । उनले नेपाली फुटबलमा सम्झनालायक योगदान समेत पुर्याएका थिए । श्रेष्ठको २०७२ सालमा आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो ।