onlinekhelkhabar.com

Complete website for Nepali Sports News

इंग्लिस क्लबहरु मैदानमा फर्किए !

एजेन्सी – कोरोना भाइरसका कारण बीचमा रोकिएको इंग्लिस प्रिमियर लिग अबको केही दिनपछि संचालनमा आउन लागेको छ ।

भाइरसले गर्दा लामो समय रोकिएको लिग अब फर्किने लागेपछी टिमका ठूला तथा चर्चित क्लबहरु आफ्नो आन्तरिक प्रशिक्षणमा समेत जुटेका छन् ।

यसबीचमा शनिवार आर्सनल , चेल्सी र म्यान्चेस्टर युनाइटेड लगायतले प्रशिक्षण सुरुवात गरेका छन् । जस अन्तर्गत अभ्यास खेल समेत खेलेका छन् ।

लिग भने जून १७ बाट सुचारु हुने भनिएको छ । लिगमा पहिलो दिन जसमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने छन् ।

मार्च ९ बाट रोकिएको लिग लामो अन्तरालपछि फर्किने लागेपछि फुटबल पारखिहरुलाई यस खबरले राहत दिएको छ । यसअघि जर्मनको बुन्डेसलिगा फर्किसक्दा स्पेनको ला लिगालाई पनि सुचारु गर्न स्पेन सरकारले अहिले अनुमति दिइसकेको अवस्था छ ।

यता लिगको अंकतालिकामा लिभरपुल ८२ अंकका साथ पहिलो स्थानमा रहेको छ । म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रोस्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *