onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एएफसीको प्रस्ताव : छ्नोट खेल असोजबाट सुरु हुने

काठमाडौं (अनलाइन खेलखबर) –सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको सयुक्त छ्नोट खेलहरुको नयाँ मिति प्रस्ताव भएको छ ।

फाईल फोटो ।

कोरोना भाइरसका कारण बीचमा रोकिएको खेलहरु अब भने सुरु हुने सङ्केत मिलेको छ । शुक्रवार एसियन फुटबल फेडेरसन (एएफसी)ले सार्वजनिक गरेको प्रस्तावित खेल तालिका अनुसार नेपालले असोज र कार्तिक महिनामा छ्नोटका दोस्रो चरणको खेलहरु खेल्नेछ ।

छ्नोट अन्तर्गत समूह `सी´ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ । जून खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

छ्नोटमा हालसम्म ५ खेल खेलेको नेपालले एउटा खेल मात्र जितेको छ । पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो हार ब्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० हराएको थियो । त्यसपछि भने पराजित हुँदै आएको छ । जसमा अष्ट्रेलियासँग ५-० ले जोर्डनसँग ३-० र कुवेतसँग फेरी १-० ले पराजित हुन पुगेको थियो ।

अब नेपालले अष्ट्रेलिया , जोर्डन , चाइनिज ताइपेईलाई घरेलु मैदानमा स्वागत गर्नेछ । जसअन्तर्गत प्रस्तावित मिति अनुसार नेपालले असोज २२ मा चाइनिज ताइपेईसँग , असोज २७ मा अष्ट्रेलियासँग र अन्तिममा जोर्डनसँग कार्तिक २७ गते खेल्नेछ ।

पाँच राष्ट्र सम्मलित छनोटमा अष्ट्रेलिया १२ अंकसहित पहिलो स्थानमा रहेको छ । दोस्रोमा कुवेत र तेस्रो स्थानमा जोर्डन रहेको छ । दुबैले समान १०/१० अंक जोडेका छन् । चौथो स्थानमा ३ अंकसहित नेपाल रहेको छ भने चाइनिज ताइपेई अंकविहिन पुछारमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *