onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसियाड फुटबल को समूह बिभाजन सार्बजनिक : एसिया को पावर हाउस जापान सगैँ समूह “डि ” मा नेपाल

असार २१ , अनलाईन खेलखबर || आगामी अगस्ट १४ देखि सेप्टेम्बर १ तारिख सम्म इण्डोनेशियाको राजधानी जकार्तामा हुन गईरहेको एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ को समूह बिभाजन आज सार्बजनिक गरिएको छ ।

सार्बजनिक समूह बिभाजन मा नेपाल समूह “डी ” मा परेको छ । कुल ६ समूह मा बिभाजन गरिएको समूह मा प्रत्येक मा ४ /४ मुलुक समाबेश छ्न । नेपाल को समूह मा नेपालसहित जापान, भियतनाम र पाकिस्तान रहेका छ ।

आज सार्बजनिक समूह बिभाजन मा समूह “ए” मा इण्डोनेशिया, लाओस ,हङ्गकङ्ग र चाइनिज ताइपेइ छन् भने समूह “बी ” मा थाइल्याण्ड, उज्बेकिस्तान, कत्तार र बंगलादेश छन् ।

त्यस्तै समूह “सी ” मा चीन , इराक, टिमोर लिस्टे र सिरिया छन् भने समूह “ई ” तर्फ दक्षिण कोरिया, किर्गिस्तान, बहराईन र मलेसिया रहेका छन् । त्यसैगरी समूह” एफ” मा उत्तर कोरिया, इरान , म्यानमार र साउदी अरेबिया रहेका छन् ।

प्रत्येक समूहबाट शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको मिति भने आउँदो १५ जुलाईका दिन तोकिने छ । नेपालले एसियाड र साफ च्याम्पियनसिपका लागि आफ्नो तयारी शुरु गरिसकेको अबस्थामा छ ।

यस प्रतियोगिता मा २३ बर्ष मुनि को खेलाडी समावेश हुने प्राबधान रहेको छ जसमा ३ खेलाडी हरु २३ बर्ष माथिका पनि टिम ले समाबेश गर्न पाउने छ्न ।

प्रतिक्रिया दिनुहोस्