फर्कंदै इंग्लिस प्रिमियर लिग : पहिलो दिन दुई खेल हुने
एजेन्सी – इंग्लिस प्रिमियर लिगका समर्थकहरुका लागि खुशीको खबर आएको छ । कोरोना भाइरसका कारण बीचमा रोकिएको लिग अब सुरु हुन् गईरहेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका रिपोर्ट अनुसार लिग १७ जुन पछि हुन सक्ने बताईएको छ । केही दिनअघि लिगका शीर्षस्थानमा रहेका क्लबहरुको बैठक बसेको थियो ।
सो बैठकमा लिगलाई कसरी अगाडी बढाउँने भनेर ब्यापक छलफलसमेत भएको थियो । उक्त छलफलबाट सुरुको दिन दुई खेल हुने भनिएको छ । जसमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने छन् ।
मार्च ९ बाट रोकिएको लिग लामो अन्तरालपछि फर्किने लागेपछि फुटबल पारखिहरुलाई यस खबरले राहत दिएको छ । यसअघि जर्मनको बुन्डेसलिगा फर्किसक्दा स्पेनको ला लिगालाई पनि सुचारु गर्न स्पेन सरकारले अहिले अनुमति दिइसकेको अवस्था छ ।
यता लिगको अंकतालिकामा लिभरपुल ८२ अंकका साथ पहिलो स्थानमा रहेको छ । म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रोस्थानमा रहेको छ ।