ला लिगा सुचारु गर्न स्पेनीस सरकारको अनुमती
एजेन्सी – स्पेनिस ला लिगा फुटबल अर्को महिनाको जुन ८ तारिखबाट सुचारु हुने भएको छ ।
कोरोना भाइरस ( कोभिड -१९ ) का कारण रोकिएको लिग अब भने सुरु हुने भएको छ । स्पेन सरकारले लिग सुचारु गर्न अनुमती दिएसँगै लिग सुरु हुन् गईरहेको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेले लिग जुन ८ बाट सुचारु गर्न अनुमती दिएसँगै ला लिगालाई अझ सहज भएको छ । तर ला लिगा कहिलेबाट सुरु हुने अझै टुंगो लागेको भने छैन यसअघि जुन १२ बाट सुचारु हुने भनिएको थियो ।
भाइरसका कारण लिग मार्च २३ बाट रोकिएको थियो । हालसम्म लिगमा बार्सिलोना ५८ अंककासहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने बार्सालाई रियल मड्रिडले पछ्याईरहेको छ । रियलको अहिले ५६ अंक रहेको छ ।