onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अभिनयमा डेब्यु गर्दै पूर्व कप्तान अनिल

काठमाडौं (अनलाइन खेलखबर )। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको जिवनमा आधारित चलचित्र भकुण्डो यहि वर्ष प्रदर्शनमा आउँने भएको छ ।

करिब डेढ दशक भन्दा लामो फुटबलमा सक्रिय रहेका अनिलले उक्त बायोपिक(जिवनमा आधारित ) फिल्ममा स्वयंम आफैले समेत अभिनय गरेका छन् ।

फिल्मलाई शिव पुरीले निर्देशन गरेका छन् भने सुन्दर थापाको निर्माण रहेको छ । निर्देशक पुरीले फिल्मको गीत बाहेकको छायांकन सकिएको र सम्पादनको आधा काम पनि सम्पन्न भइसकेको जानकारी दिएका छन् ।

फिल्मकालागि अनिलले तत्कालीन समयमा राष्ट्रिय टिमबाट खेल्दै गर्दाका केहि दृश्यहरु पनि खिचिएको थियो भने अन्य छायांकन काठमाडौं, पोखरा र जोमसोममा गरिएको छ ।

झन्डै दुई वर्ष अगाडी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिईसकेका अनिल हाल घरेलु लिग तथा प्रतियोगितामा भने खेल्दै आएका छन् ।

उनको कप्तानीमा नेपाली फुटबल टोलीले सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

पोखरामा रहेको साहारा एकेडेमीको उत्पादन अनिलले ९ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् । घरेलु लिगमा भने उनले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट ब्याबसाहिक फुटबलको सुरुवात गर्दै थ्री स्टार , मनाङ मस्र्याङ्दी र एनआरटीबाट घरेलु लिग खेलेका थिए । यसबीचमा उनले भारतिय लिगमा सिलोङ लाजोङबाट फुटबल खेलेका थिए ।

यस्तै फिल्मसँगै उनको आत्मकथा पनि सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *