फिफा यु -१७ महिला विश्वकप अर्को वर्ष हुने
एजेन्सी – भारतमा यस वर्ष हुने तय भएको फिफा महिला यु -१७ विश्वकप अब अर्को वर्ष हुने भएको छ ।
हाल विश्वभर माहामारीको रुपमा देखा परिरहेको कोरोना भाइरस ( कोभिड -१९ ) का कारण मा नोभेम्बरमा तय भएको विश्वकप अब अर्को वर्ष फेब्रुअरी १७ देखि मार्च ७ तारिखसम्म हुने फिफाले जानकारी गराएको छ ।
भारतको कोलकता , गुवाहाटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा गरि कुल ५ सहरमा हुने विश्वकपमा कुल १६ देशको सहभागिता रहने छ ।
जसमा आयोजकको हैसियतबाट भारत खेल्दैछ भने एसियाबाट जापान र उतर कोरिया खेल्दैछन् ।
सन् २००८ बाट सुरु भएको यु -१७ महिला विश्वकपको अहिलेसम्म ६ संस्करण भईसकेको छ । जसमा उतर कोरिया २ पटक च्याम्पियन हुँदा दक्षिण कोरिया , फ्रान्स जापान र स्पेनले १/१ पटक विश्वकपको ट्रफी उचालेका छन् ।