राष्ट्रिय टोलीका पूर्व सदस्य रञ्जितलाई कोरोना

राष्ट्रिय टोलीका पूर्व सदस्य रञ्जितलाई कोरोना

काठमाडौं (अनलाइन खेलखबर)। पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठ कोरोना भाइरस ( कोभिड -१९ ) बाट संक्रमित हुन् पुगेका छन् ।

युएईमा रहेका रञ्जितले सोमबार सामाजिक संजाल फेसबुकमा भिडियोमार्फत कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन् ।

उक्त भिडियोमा उनले’म सेल्फ आइसोलेसनमा छु। मलाई कोरोनाको पोजेटिभ छ। खासै त्यस्तो केहि जस्तो छ लागेको छैन । तातोपानी खान्छु। ब्यालेन्स डाइटमा बसिरहेको छु,’ भनेर आफ्नो कुराहरु व्यक्त गरेका छन् ।

भिडियोमा उनले थप ‘कोरोना भाइरसले गर्दा सबै मानिस डराउनु भएको होला । तर आत्तिनु पर्ने त्यस्तो केहि छैन। मलाई भएको चार दिन भइसक्यो । तर नर्मल छु ।’भनेर उनले जानकारी दिएका छन् ।

उनि भिडियोमा थप भन्छन् ‘डर मान्नु पर्ने खालको छैन। मेरो दोस्रो परीक्षणमा के हुन्छ त्यतिबेला म तपाईहरुलाई भन्नेछु।’

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी रञ्जित उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरेका थिए ।

सन् २००९ मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली राष्ट्रिय टिममा उनि थिए । त्यसबेला सो टिममा सागर थापा , जुमानु राई , विराज महर्जन , किरण चेम्जोङजस्ता खेलाडीहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *