फेरी सफल हुन् नसक्दाको पिडा

फेरी सफल हुन् नसक्दाको पिडा

सलमान शाह (अनलाइन खेलखबर ) । दक्षिण एसियायी क्षेत्रमा हाम्रो छिमेकी मुलुक भारतको अन्य क्षेत्रसँगै खेलकुदमा पनि दबदबा उत्तिकै रहेको छ ।

भौगोलिक तथा जनसंख्याको हिसाबले पनि हामी भन्दा कयौं गुणा भारत अगाडी रहेको छ । यस्तोमा स्वाभाविक रुपमा खेल प्रती लगानी हुने हो भने भारतनै अगाडी हुनु नौलो रहेन ।

तर खेलकुदकै कुरा गर्दा विषेश गरि टिम प्रतिष्पर्दामा फुटबलमा निकै नजिक – नजिक नतिजा नेपाल र भारतबीच हुने गर्छ । चाहे त्यो पुरुष फुटबल होस् या महिला फुटबलमा खेल निकै रोमान्चक बनेको हुन्छ ।

पछिल्लो समय भारतले फुटबलमा पनि लगानी ठूलो तथा व्यापक गर्दै आएको हुँदा त्यसको प्रतिफल देखिन पनि थालेको छ । त्यसै क्रममा महिला फुटबल टोलीले केही महिना अघि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) तर्फ स्वर्ण पदक जित्न सफल भएको थियो ।

पुरुषतर्फ भने नेपाल च्याम्पियन हुन् पुगेको थियो। तर भारतले पुरुष फुटबल टोली पठाएको थिएन । यदि पठाएको भए के नेपाल च्याम्पियन हुन सक्थ्यो होला त ? यो सबैले सजिल्लै मुल्यांकन गर्ने कुरा भयो ।

यता महिला फुटबलले भने सागमा पनि भारतलाई हराउँने ठूलोनै मेहनत गरेको थियो । सागका दौरान भारत र नेपालको दुईपटक भेट् भयो ।

सागमा नेपाल र भारतको पहिलो भेट लिग चरणमा भएको थियो । लिगमा नेपाल १-० ले पराजित भएको हुँदा नेपालले यसपटक पदक घरमै राख्छ भन्ने धेरैलाई लागेको थियो ।

लिग चरणमा निकै रोमान्चक बनेको खेलमा नतिजाभारतकोतर्फ गएपनि त्यो नतिजाले नेपाली टोलीको आत्मविश्वासलाई उर्जा दिने काम गरेको थियो ।

१-० को नतिजाले नेपाली टोली खुशी थियो । यहिँ रहयो भने फाइनलमा हामी भारतलाई हराउँन सक्छौ । र भारतलाई पराजित गर्ने क्षमता रहेको नेपाली टोलीलाई लागेको थियो ।

फाइन खेल , घरेलु टिम, घरेलु समर्थकहरुको साथ पोख्रेली समर्थकहरुले साच्चैनै नेपाली महिला टोलीलाई साथ दिन उल्लासमय उपस्थितिले पोखरा रंगशालाको माहोलनै भिन्न रहेको थियो ।

खेलको १२ औं खेलाडीको रुपमा लिईने दर्शकहरुको प्रभावशाली उपस्थितिले गर्दा फाइनल खेल अझ रोमान्चक बन्ने आकंलन थियो ।

खेल सुरु हुनु अघि खेलाडीहरु पनि निकै हौसिएका थिए , दर्शकहरुको उपस्थिति देखेर दंग पनि देखिन्थे । खेल सुरु भयो ,खेल चल्दै थियो नेपालले पहिलो हाफमा १ गोल खाईहाल्यो ।

दर्शकदिर्गा सान्त माहोलनै एकछिन सुनशान हुन पुग्यो । खेलाडीहरु खेलमा फर्किन अनेकौं प्रयास यसबीचमा गरिरहेका थिए । केही राम्रा अवसर पनि नेपालले गुमायो । पहिलो हाफ सकियो नेपाल १-० ले पछि छ्दैं थियो ।

हामीसँगै सबैलाई लागेको थियो । घरेलु दर्शक र मैदानको पूर्ण फाईदा उठाउँदै नेपाल खेलमा फर्किन्छ । तर यो हाम्रो सोच कल्पनामा सिमित हुन् पुग्यो ।

दोस्रो हाफ सुरु भयो । दोस्रो हाफमा पनि नेपालले थप एक गोल खाएपछी नेपालको स्वर्ण सपनामा अधुरोनै रहने पक्का हुँदै थियो । खेल सकियो ।

च्याम्पियन भारतको खुशीको सिमा रहेन । घरेलु मैदानमा खेलिरहेको नेपाली टोलीमा निराशाको भाव व्यापक थियो । टोलीले यसपटक निकै मेहनत गरेको थियो । स्वर्ण जित्ने सबैको आशा रहेको थियो । पूरा नहुँदा खेलाडीहरु निकै भावुक बनिरहेका थिए ।

सिनियर देखि युवा खेलाडीहरुको आँखामा आँसु टिलपिल हुँदै थियो । त्यो देखेर केहिले उनिहरुलाई सान्त्वना दिइरहेका थिए । तर उनिहरु खेलाडी बस्ने ठाउँमा निकै भावपूर्ण तरिकाले यता – उता हेरिरहेका थिए । त्यो क्षणले मलाई पनि निकै भावुक बनाएको थियो ।

खेलाडीहरुलाई त्यस बेला त्यहाँ के भईरहेको थियो । भन्ने याद छैन होला जस्तो लाग्छ। मैले अलि टाढाबाट उनिहरुलाई क्यामेरामा कैद गर्ने प्रयास गरे । त्यो कैद गर्ने क्रममा मलाई पनि निकै असजिलो मह्सुस भित्र – भित्रै भएको थियो ।

सागमा धेरै खेलको रिपोर्टिङ गरियो । मेरा लागि पनि महिला फुटबल अलि धेरै विषेष हुन् पुगेको स्वयम् मलाई लाग्छ ।

करिब १०/१५ मिनेट जति खेलाडीहरुलाई अलिकति सामान्य हुन लाग्यो । पुरस्कार वितरण कार्यक्रम सुरु भयो ।च्याम्पियनको च्याम्पियन पारा थियो भने फेरी उप- विजेता बनेको नेपाली टोलीले असजिलो मान्दै पुरस्कार ग्रहण गरिरहे । पुरस्कार लिँदा पनि उनिको मनोभावमा त्यही चाहनाको हुटहुटिले स्थान बनाएको हुनुपर्छ ।

महिला टोली सागअघि विराटनगरमा भएको पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतसँगै निराश हुन् पुगेको थियो ।

त्यसबेला पनि उप- विजेतामा सिमित हुन पुगेको नेपाललाई सागले त्यस ३-१ को हारको बदला लिदै नयाँ ईतिहास रच्ने सुवर्ण अवसर जुराईदिएको थियो । त्यो अवसर स्वदेशमै जुर्याईदिएको भएपनी नेपाल फेरी सफल भने हुन् सकेन ।

यस्तै मेहनत र खेलाडीहरुमा जोश कायम रहिरह्यो भने नेपालकालागि त्यो सुखद क्षण आउँन सक्ने सम्भावना भने उच्च रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *