
दक्षिण कोरियाको सैन्य तालिममा फुटबलर सन ह्युङ मिन उत्कृष्ट
एजेन्सी – दक्षिण कोरियन तथा टोटेनहम हटस्परका स्ट्राइकर सन ह्युङ मिनले दक्षिण कोरियाको सैन्य तालिममा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनले दक्षिण कोरियाको तीन हप्ते सैन्य तालिम शुक्रबार पूरा गरेका छन् । जसमा उनि १ सय ५७ प्रशिक्षार्थीहरू मध्येबाट उत्कृष्ट घोषित हुन् पुगेका छन् ।
सन् २००८ देखि उमेर समूह हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका उनले सन् २०१८ को एसियन खेलकुदमा दक्षिण कोरियाले स्वर्ण जित्दा टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।
दक्षिण कोरियामा हरेक नागरिकले २८ वर्ष भित्र २१ महिनाको अनिवार्य सैन्य तालिम गर्नुपर्ने प्रावधान रहेको छ । तर खेलाडीको हकमा एसियन र ओलम्पिकमा स्वर्णपदक विजेता खेलाडीलाई भने सरकारले सहुलियत प्रदान गरेको छ ।