प्रि-क्वाटरफाईनल मा आज पनि दुई खेल हुँदै : ब्राजिल र बेल्जियम को जित्ने प्रबल सम्भावना
असार १८ , अनलाईन खेलखबर | समूह “ई ” को बिजेता बन्दै रसिया मा जारी फिफा बिश्वकप को प्रि-क्वाटरफाईनल मा पुगेको दक्षिण अमेरिकन मुलुक ब्राजिल ले आज पौने ८ बजे समूह एफ को उपबिजेता मेक्सिको सगँ भिडदै छ ।
सामारा एरिना रंगशाला मा हुने खेल मा बिश्वकप को निकै सफल टिम ब्राजिल जसको उपलब्धि माथि उपलब्धि छ्न । ५ पटक उपाधी उचालेको ब्राजिल , ७ पटक फाईनल को यात्रा समेत गरिसकेको छ भने ११ औ पटक सेमिफाइनल सम्म को पुगेको टिम ब्राजिल हाल सम्म एक मात्र यस्तो टिम हो जो सबै बिश्वकप मा सहभागी जनाउने मुलुक हो ।
भने मेक्सिको भने क्वाटरफाईनल भन्दा माथी जान नसकेको एक औषत टिमको रुपमा हेरिन्छ । फिफा बरियता मा पनि मेक्सिको १५ औ स्थान मा रहेको छ भने ब्राजिल दोस्रो स्थान मा रहेको छ ।
समूह चरण मा ब्राजिल ले पहिलो खेल स्विटजरल्यान्ड सगँ १-१ को बराबरी खेलेको थियो भने दोस्रो मा कोस्टारिका लाई २-० ले पराजित गर्दा तेस्रो खेल पनि सर्बिया माथी २-० कै जित हासिल गरेको थियो ।
भने मेक्सिको ले समूह चरण मा डिफेन्डिङ च्याम्पियन जुन समूह चरण बाटै बाहिरियो जर्मनी बिरुद १-० को जित निकाल्दै बिश्वकप को राम्रो सुरुवात गरेको थियो यस्तै दोस्रो खेल मा दक्षिण कोरिया लाई २-१ ले जित निकालेको मेक्सिको ले अन्तिम खेल मा भने स्विडेन सगँ ३-० ले पराजित हुन पुगेको थियो ।
सन १९३० देखि सबै बिश्वकप मा सहभागि जनाउदै आएको ब्राजिल का साथ अनुभवी को कमि रहने छैन , ब्राजिल को लय पनि क्रमश बढदै गएको समुह चरण मा देखिएको हुदाँ मेक्सिको माथी ब्राजिल हाबी पक्कै हुने देखिन्छ ।
यस्तै आज नै प्रि- क्वाटर फाईनल मा बेल्जियम ले एसियन मुलुक जापान सगँ प्रतिस्पर्धा गर्दैछ । पौने १२ बजे हुने खेल मा एसियन मुलुक बाट एक मात्र नकआउट प्रबेश गरेको जापान विरुद्ध बेल्जियम ससक्त देखिएको छ ।
समूह ” जि ” बाट बिजेता बन्दै बेल्जियम ले अन्तिम १६ मा जापान सगँ भेट पक्का गरेको हो । बेल्जियम पहिलो खेल मा पानामा लाई ३-० ले निराश गर्दै राम्रो सुरुवात गरेको टिम हो । यस्तै दोस्रो खेल मा ट्युनिसिया लाई ५-२ ले पराजित गरेको थियो भने तेस्रो तथा अन्तिम खेल मा ईङ्ल्यान्ड विरुद्ध १-० को जित हासिल गरेको बेल्जियम जारी बिश्वकप मा राम्रो लय मा देखिएको छ र पछिल्लो घटनाक्रम लाई हेर्दा बेल्जियम लाईपनी एक उपाधी को दाबेदार का रुपमा लिने गरिएको छ ।
समूह “एच ” को उप बिजेता बन्दै नकआउट राउन्ड मा प्रबेश गरेको जापान ले पहिलो खेल मा कोलम्बिया लाई २-१ ले हराएको थियो भने दोस्रो खेल मा सेनेगल सगँ २-२ को बराबरी खेलेको थियो भने अन्तिम खेल मा भने पोल्यान्ड सगँ १-० को हार ब्यहोरे पनि भाग्यमानी टिम बन्दै जापान अन्तिम १६ मा पुगेको थियो ।
फिफा बरियता मा ६१ औ स्थान मा रहेको जापान ले बरियता मा तेस्रो स्थान मा रहेको बेल्जियम सगँ सामना गर्दै गर्दा बेल्जियम नै आजको खेलमा पक्कै हाबी हुनेछ ।तुलनात्मक रुपमा जारी बिश्वकप को समूह चरण को खेल नियाल्दा जापान भन्दा बेल्जियम निकै बलियो देखिएको छ ।