टाइब्रेकरमा स्पेनलाई हराउँदै आयोजक रसिया बिश्वकप को क्वाटरफाईनल मा प्रबेश
असार १७ , अनलाईन खेलखबर || रसिया मा जारी फिफा विश्वकप अन्तर्गत प्रि- क्वाटर फाईनल को तेस्रो खेल मा टाईब्रेकर मार्फत स्पेन आयोजक रसिया सगँ ४-३ ले पराजित हुन पुगेको छ ।
आयोजक रसिया माथी फ्रान्स ले १२ औँ मिनेटमा आत्माघाती गोल मार्फत उपहार गोल पाएको थियो । रसिया ले ४१ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै १–१ को बराबरी बनाएको थियो। रुसको डि बक्सभित्र स्पेनका डिफेन्डर जेरार्ड पिकेले ह्यान्ड गरेपछि रुसले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई रुसका आर्टिम ज्युवाले सुन्दर गोलमा परिणत गरेका थिए।
यसपछि कुनै टिम बाट गोल हुन सकेन र निर्धारित समय १-१ को बराबरी मा सकिए पछि जारी बिश्वकप को पहिलो पटक खेल अतिरिक्त ३० मिनेट मा गएको थियो तर यहाँ पनि स्कोर नआए पछि नतिजा का लागि खेल टाइब्रेकर गएको थियो ।
टाईब्रेकर बाट आयोजक रसिया ले ४- ३ को अन्तरले पराजित गर्दै सन २०१० को बिश्व च्याम्पियन स्पेन लाई अन्तिम १६ बाटै स्वदेश फर्काईदिएको छ ।
अब रसिया ले क्वाटरफाईनल मा आजै हुने क्रोएसिया र डेनमार्क बिचको बिजेता टिम सगँ खेल्नेछ ।