बिश्वकप को नकआउट समीकरण पुरा : कसको खेल कहिले ? प्रतिस्पर्धी को ?
असार १५ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औ संस्करण को फिफा बिश्वकप फुटबल अन्तर्गत समूह चरण का सबै खेल सकिएका छ्न । बिहीवार राती अन्तिम खेल हुँदै सकिएको छ भने अब नकआउट चरण का खेलहरु सनिवार बाट हुनेछ्न ।
कुल ३२ टिम बाट अन्तिम १६ मा सबैभन्दा युरोप का १० टिम ले स्थान पक्का गरे जसमा आयोजक रसिया सहित स्पेन , पोर्चुगल , ईङ्ल्यान्ड , वेल्जियम , फ्रान्स , डेर्नमार्क , क्रोएसिया , स्विटजरल्यान्ड र स्विडेन रहेका छन भने दोस्रो दक्षिणी अमेरिकन मुलुक उरुग्बे , अर्जेन्टिना , ब्राजिल र कोलम्बिया रहेका छ्न साथै एसिया बाट जापान अन्तिम १६ मा पुग्दा उतर अमेरिकन मेक्सिको ले पनि प्रि-क्वाटरफाईनल मा आफ्नो स्थान पक्का गर्न सफल भएको छ ।
यसपटक को बिश्वकप मा कुनै पनि अफ्रिकन मुलुक ले दोस्रो चरण सम्म को यात्रा गर्न भने असफल भए । भने इरान , मोरक्को, पेरु , अस्ट्रेलिया ,सर्बिया , कोस्टारिका , दक्षिण कोरिया , जर्मनी, ईट्युनिसिया , पानामा , सेनेगल , पोल्याण्ड, साउदी अरब , ईजिप्ट र आईसल्यान्ड भने पहिलो समूह चरण बाटै घर फर्किन बाध्य भए ।
समूह चरण का खेल सकिदा केही अपत्यारिलो नतिजा पनि देख्न पाईयो चार पटक को विश्व बिजेता डिफेन्डिङ च्याम्पियन जर्मनी एसियन मुलुक दक्षिण कोरिया सगँ २-० ले पराजित हुँदै समूह चरण बाटै बाहिरियो । यता आयोजक रसिया का लागि सुखद रहयो घरेलु दर्शक का लागि राम्रो सौगात दिन रसिया सफल भयो ।यस्तै पहिलो पटक बिश्वकप मा सहभागी जनाएको आईसल्यान्ड ले राम्रो प्रद्शन गर्दै सबैको मन जित्न सफल भयो ।
यस्तै उपाधी दाबेदार का रुपमा हेरिएका मुलुक का लागि पनि समूह चरण राम्रो भएको छ ।
अन्तिम १६ का खेलहरु ( नेपालि समय अनुसार )
शनिबार (असार १६)
फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)
आइतबार (असार १७ )
स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे )
क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)
सोमबार (असार १८)
ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)
मंगलबार ( असार १९)
स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)