मनाङलाई छ्ठौंपटक आहा ! रारा गोल्डकप फुटबलको उपाधि

मनाङलाई छ्ठौंपटक आहा ! रारा गोल्डकप फुटबलको उपाधि

काठमाडौं (अनलाइन खेलखबर )। पोखरामा भएको नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लब जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ प्रतियोगिताको छ्ठौंपटक च्याम्पियन बनेको हो ।

निकै प्रतिष्पर्दात्मक बनेको खेलमा निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा सकिएपछि खेलको निर्धारण टाइब्रेकरबाट भएको थियो ।

जसमा मनाङले बाजि पार्न सफल भयो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन विष्टले गोल गरेका थिए ।

भने पुलिसकातर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरेका थिए ।

उपाधिसँगै मनाङले नगद १० लाख १ हजार प्राप्त गरेको छ भने उपविजेतामा सिमित रहेको पुलिसले नगद ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *