onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप को समूह चरण बाटै बाहिरियो

असार १३ , अनलाईन खेलखबर || डिफेन्डिङ च्याम्पियन जर्मनी रसिया मा जारी फिफा बिश्वकप को समूह चरण बाटै बाहिरिएको छ ।आज भएको समूह ” एफ ” को अन्तिम खेल मा एसियन मुलुक दक्षिण कोरिया सगँ २ -० ले स्तब्ध हुन पुगेको छ ।

अन्तिम १६ पुग्न जर्मनीलाई जीत आवश्यक थियो तर उसले एक गोल पनि गर्न सकेन मात्र कोरिया सगँ लज्जास्पद हार ब्यहोर्न बाध्य भयो

निर्धारित समय सकिए पछि ईन्जुरी समय मा कोरिया का किम योङगउन र सोन हेउनमिनले गोल गरेका थिए ।

आजै समूह ” एफ ” कै खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा पुगेको छ भने आजको खेल मा पराजित भए पनि यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्