onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नाइजेरियालाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रबेश : प्रि – क्वाटरफाईनल मा फ्रान्स सगँ भिडने

एजेन्सी , अनलाईन खेलखबर । रसिया मा जारी २१ औ फिफा विश्वकप फुटवल अन्तर्गत मङ्गलबार राती भएको खेलमा समूह “डी” बाट अर्जेन्टिना ले नाईजेरिया लाई हराउदै समूह को उप विजेता बन्दै अर्जेन्टिना राउन्ड अफ सिक्टिन मा पुग्न सफल भएको छ ।

रसियाको सेन्टपिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिना ले नाईजेरिया लाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक प्राप्त गर्दै समुह उप- बिजेता अर्जेन्टिना बन्दा समूह मा क्रोएसिया समूह बिजेता बन्दै अन्तिम १६ मा प्रबेश गरेको छ ।

नाईजेरिया विरुद्ध को खेलमा खेल सुरु भएको १४ औं मिनेटमा लियाेनल मेस्सीले शुरुवाती अर्जेन्टिना का लागि गोल गर्दै अर्जेन्टिना का लागि अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दबाबमा रहेको नाईजेरियाले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ४९ औं मिनेटमा जाभियर मार्सिरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।

त्यसपछि नाइजेरियाले पकड कायम गरेकोको थियो । नाईजेरियालाई बराबरीलेनै अन्तिम १६ मा पुग्ने समिकरण भएपनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो ।

मार्कोस रोहाेले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको को सपना लाई जिबितै राख्न सफल भए

नाईजेरिया विरुद्ध जित्नै पर्ने दबाबमा रहेकाले अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको थियो । जसमा गोल किपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोजाले टिममा स्थान बनाएका थिए जुन निर्णय अर्जेन्टिना का लागि सुखद बन्न्न पुग्यो ।

अर्जेन्टिना ले अब अन्तिम १६ मा समूह ” सी”को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्