बिश्व बिजेता को दौड मा रहेको ब्राजिल का लागि आज दोस्रो खुडकिलो : कोस्टारिका विरुद्ध ब्राजिलको अग्निपरीक्षा
असार ८ , अनलाईन खेलखबर || रसिया मा जारी फिफा बिश्वकप अन्तर्गत आज समूह ” ई ” मा रहेका ब्राजिल र कोस्टारिका नेपालि समय अनुसार पौने ६ बजे पछि भिड्ने छ्न ।
सेन्ट पिटर्सवर्ग रंगशाला, सेन्ट पिटर्सवर्ग मा हुने उक्त खेल मा ५ पटक को बिश्व बिजेता , ७ पटक फाईनल ११ पटक सेमिफाईनल प्रबेश गरेको अनुभवी फुटबल को देश भनेर बिश्व चर्चित ब्राजिल सगँ बिश्वकप मा कम अनुभवी कोस्टारिका ले चुनौती दिनेछ ।
यसअघि समुह चरण को पहिलो खेल मा स्विटजरल्यान्ड सगँ १-१ को बराबरी का मा रोकिएको ब्राजिल ले दोस्रो खेल मा भने जित निकाल्दै अन्तिम १६ को नजिक पुग्न चाहन्छ । भने कोस्टरिका पहिलो जितको खोजिमा हुनेछ उसले पहिलो खेल मा सर्बिया सगँ रोमाञ्चक खेल मा १-० ले पराजित हुन पुगेको थियो ।
फिफा बरियता मा २३ औ स्थान मा कोस्टरिका छ भने रसिया बिश्वकप को एक दाबेदार टिम ब्राजिल दोस्रो स्थान मा रहेको छ । तुलनात्मक रुपमा ब्राजिल केही हद सम्म माथी रहे पनि आजको खेल रोमाञ्चक हुने बिश्वास लिईएको छ ।
आज नै हुने अन्य दुई खेलहरु ।
नाईजेरिया र आईसल्यान्ड ( समय : ८:४५ )
सर्बिया र स्विटजरल्याण्ड ( समय : ११:४५ )