अर्जेन्टिना यसरी पुग्नसक्छ  ‘नकआउट’ चरणमा

अर्जेन्टिना यसरी पुग्नसक्छ ‘नकआउट’ चरणमा

एजेन्सी , अनलाईन खेल खबर || पहिलो खेल मा पहिलो पटक बिश्वकप खेल्दै गरेको आईसल्यान्ड सगँ बराबरी खेलेको अर्जेन्टिना ले आफ्नो दोस्रो खेलमा क्रोएसिया सगँ ३-० को ठूलो अन्तरको लज्जास्पद हार ब्यहोरेको छ । यो सगै २ पटक को बिश्व बिजेता अर्जेन्टिना र रसिया बिश्वकप को उपाधी दाबेदार का रुपमा हेरिएको अर्जेन्टिना का लागि अहिले विश्वकप फुटबलको नकआउट चरण पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको  छ । अब अर्जेन्टिना अन्तिम १६ मा पुग्न का लागि आफ्नो बाकी नाईजेरिया विरुद्ध को खेलमा जित हासिल गर्दै बाकी अरु देशको नतिजा मा भर पर्ने देखिन्छ ।

यो सगै समूह ” डि ” को राउन्ड अफ सिक्टिन समिकरण रोचक बनेको छ । लगातार दुई खेल मा जित निकाल्दै क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । अब बाकी १ स्थान का लागि अर्जेन्टिना र आईसल्यान्ड बिच कडा टक्कर रहने छ । जसको भाग्य निर्धारण अबका बाकी खेल ले निर्धारण गर्नछ । समुह चरण को आफ्नो दोस्रो खेल मा बिहिबार राति क्रोयसियासँग ३-० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार बेहोरेको हो ।

अंक तालिका मा पनि १ अंक सहित अहिले तेस्रो स्थान मा छ अब बाकी एक खेल्न बाकी छ जुन खेल २६ जुन मा नाईजेरिया सगँ हुनेछ । यस्तै आईसल्यान्ड ले मात्र एक खेल खेल्दा १ अंक सहित अंक तालिका को दोस्रो स्थान मा छ अब आईसल्यान्ड ले आज शुक्रबार नाईजेरिया सगँ भिडदै छ भने दोस्रो खेल मा २६ जुन मा क्रोएसिया सगँ खेल्नेछ ।

यसअर्थ मा पनि अर्जेन्टिना को १ अंक भएपनि सम्भावना का ढोका भने बन्द भैसकेको अबस्था भने छैन । सम्भावना अझै जिबितै छ्न यसका लागि अब एकअर्का को नतिजा मा भर पर्ने देखिन्छ ।

अब अर्जेन्टिना ले आफू लाई अन्तिम १६ मा पुर्याउन आफ्नो अन्तिम खेल मा नाईजेरिया लाई फराकिलो अन्तरले पराजित गर्नु पर्नेछ । यस्तै अर्जेन्टिना दोस्रो चरणमा पुग्नका लागि आज शुक्रबार हुने नाइजेरिया र आइसल्याण्डबीचनको खेलमा नाईजेरिया ले बराबरी या जित निकाल्न सके समीकरण अझै रोचक र अर्जेन्टिना का लागि केही राहत हुनेछ । यसपछि नाईजेरिया अर्जेन्टिना सगँ हार्नु पर्नेछ र आईसल्यान्ड को अन्तिम खेल मा अन्तिम १६ मा प्रबेश गरिसकेको क्रोएसिया सगँ पराजित अथवा बराबरि मा रोकिए पनि अर्जेन्टिना अन्तिम १६ मा पुग्न सक्छ ।

यसरी भाग्य ले साथ दिएमा लियोनल मेस्सी को टोलि अर्जेन्टिना ले आफ्नो साख जोगाउँन सफल हुनेछ । सम्भावना केहि हद सम्म अर्जेन्टिना का लागि मद्दत गरेपनि अहिले नै एकिन का साथ यस्तै नै होलान भन्ने चाहिँ सकिने अबस्था भने छैन किनकि सोच भन्दा फरक शैलि मा अहिले सबै टिमले खेलीरहेका छ्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *