onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिश्वकप मा दाबेदार का रुपमा हेरिएको अर्जेन्टिना का लागि ठूलो झटका : क्रोएसिया सगँ लज्जास्पद हार

असार ८ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औ फिफा बिश्वकप फुटबल अन्तर्गत हिजो राती भएको उपाधी को दाबेदार को रुपमा हेरिएको अर्जेन्टिना क्रोएसिया सगँं लज्जास्पद ३-० ले पराजित हुन पुगेको छ ।

यसअघि आईसल्यान्ड सगँ बराबरी खेलेको अर्जेन्टिना नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया सगँ मैदान उत्रिएको भए पनि त्यो सहज हुन सकेन ।

हारसँगै उसका लागि नकआउट प्रवेश थप कठिन बनेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै ५३ औं मिनेट मा पहिलो गोल गरेका थिए ।

पहिलो गोल खाए पछि गोल खाएपश्चात अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन भने सकेन ।

यसपछि खेल मा फर्किने कोसिस अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को गोल खान पुग्यो । क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे पछि अर्जेन्टिना निराश हुन पुग्यो ।

२-० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशिया का ईभान राकिटिच ले गोल गर्दै ३-० को जित क्रोएसिया ले निकालेको छ ।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। भने पराजित हुन पुगेको अर्जेन्टिनाको दोस्रो चरण प्रवेश सम्भावना कमजोर बनेको छ। अब उसले समूह चरणको अन्तिम खेल नाइजेरियासँग जुन २६ मा खेल्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *