onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको उपाधि शंकरदेवलाई : भब्यताका साथ समापन तथा पुरस्कार वितरण

काठमाडौं ( अनलाइन खेलखबर)। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको मदन भण्डारी अन्तर विश्वविद्यालय फुटसल प्रतियोगिताको उपाधि शंकरदेव क्याम्पसले उचालेको छ ।

शुक्रबार भएको फाइनलमा सिटिभिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै शंकरदेव क्याम्पस प्रतियोगिताको च्याम्पियन बनेको हो ।

उपाधिसँगै शंकरदेवले नगद १ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप -विजेता बनेको सिटिभिटीले पनि नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

विजेताहरुलाई एक भब्य समारोहका साथ युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेको मदन भण्डारी स्पोर्ट्सका नेता सुमनराज कार्कीले अनलाइन खेलखबरलाई जानकारी गराए ।

यस्तै समापन तथा पुरस्कार वितरण कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ , सचीव तथा माननीय सांसद सीता लामा,माननीय सांसद नारायण सिलवाल, साविक अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष सुनिता बराल,सचीव समिक बडाल सचिवालय सदस्य नरेश रोकाय,केन्द्रिय सदस्यहरु सुमनराज कार्की ,पंकज भण्डारी,घनश्याम पुन,प्रकाश भुजेल,सजिना थापा,भरत कोने,सागर भट्ट,अर्थबिद तेज बहादुर ढकाल,कामपा वडा न.४ का अध्यक्ष मोहन बिष्ट,युवासंघका नेता अजित लामा लगायत विभिन्न विश्वविद्यालय र क्याम्पसको अध्यक्ष खेलाडीहरु लगायतको उपस्थिति रहेको थियोे।

भने कार्यक्रमको सभापतित्व नारायण घर्ती र सन्चालन संजय दुवाडिले गरेका थिए ।

माघ २९ बाट सुरु भएको यस प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *