सर्वाधिक गोलकर्ता बनेकी सावित्राले पाइन १ लाख ६० हजार रुपैयाँ
काठमाडौं (अनलाइन खेलखबर ) । नेपाली स्टार फुटबलर सावित्रा भण्डारी इन्डियन वुमन्स लिग (आईलिग) को सर्वाधिक गोलकर्ता बनेकी छिन् ।
लिगमा सर्वाधिक गोलकर्ता भएवाफत उनले १ लाख भारतिय रुपिए अर्थात नेपाली १ लाख ६० हजार रुपैयाँ प्राप्त गरिन ।
गोकुलम केरेलालाई लिगमा पहिलोपटक च्याम्पियन बनाउने क्रममा उनको ठूलो भूमिका रहयो ।
लिगको छ्नोट खेलदेखि लिगमा गोकुलम केरेलालाई च्याम्पियन बनाउँने क्रममा उनले कुल १९ गोल गरेकी थिइन् ।
यस्तै शुक्रबार बंगलोरमा भएको फाइनल खेलमा उनको गोलनै निर्णायक हुन पुगेको थियो ।
रोमान्चक बनेको फाइनल खेलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै केरेला पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।
विजेतासँगै केरेलाले १० लाख भारतिय रुपिए तथा उप – विजेता क्रिप्साले ५ लाख प्राप्त गर्यो ।