सावित्राको निर्णायक गोलमा केरेला च्याम्पियन
काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली स्टार महिला फुरबलर सावित्रा भण्डारीको निर्णायक गोलमा गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि उचालेको छ ।
शुक्रबार भएको लिगको फाइनल खेलमा केरेलाले रोमान्चक बनेको खेलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै केरेला पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।
खेलमा केरेलाले खेलको दोस्रो मिनेटमै अग्रता कायम गरेको थियो । फाइनल खेलमा टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा प्रमेश्वरीले पहिलो गोल गरेकी थिइन् ।
त्यसपछि केरेलाले खेलको २५ औं मिनेटमा अर्को गोल थप्यो । जुन गोल कमलाले गरेकी थिइन् । तर खेलको ३४ औं मिनेटमा क्रिप्साकी एक गोल फर्कायो । क्रिप्साले ग्रेसको मद्वतमा पहिलो हाफमा खेललाई २-१ को स्थितिमा ल्याएको थियो ।
पहिलो हाफमा २-१ ले अगाडी रहेको केरेला दोस्रो हाफको ७३ औं मिनेटमा बराबरी गोल खान पुग्यो । क्रिप्साकी रतनबालाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याउन सफल भईन ।
त्यसपछि खेलको नायिका बनेकी सावित्राले खेलको ८७ औं मिनेटमा गोल गर्दा क्रिप्सा स्तब्ध बन्न पुग्यो ।
टिमलाई लिग च्याम्पियन बनाउन नेपालकी चेली सावित्राको ठूलो भूमिका रहयो । लिगको छ्नोट खेलदेखि लिगमा केरेलालाई च्याम्पियन बनाउँने क्रममा उनले कुल १९ गोल गर्न सफल भईन । र लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी सावित्रा बनिन ।