डेनमार्क र अस्टे्लिया बिचको खेल बराबरि मा रोकियो : समूह”सि ” को प्रि-क्वाटरफाईनल समीकरण रोचक बन्यो

डेनमार्क र अस्टे्लिया बिचको खेल बराबरि मा रोकियो : समूह”सि ” को प्रि-क्वाटरफाईनल समीकरण रोचक बन्यो

असार ७ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औं फिफा बिश्वकप फुटबल अन्तर्गत समूह “सि” का डेनमार्क र अस्टे्लिया बिचको खेल १-१ को बराबरी मा रोकिएको छ ।

यसअघि पेरु लाई हराएको डेनमार्क ले आज को बराबरी खेल्दै ४ अंक जोडेको छ भने अस्टे्लिया पहिलो खेल मा फ्रान्स सगँ पराजित भएको थियो र आजको बराबरिले अस्टेलिया को पनि सम्भावना केही मात्रा मा कायम नै देखिन्छ । र फ्रान्स र पेरु को नि सम्भावना जिबितै छ आज नै हुने यि दुईको खेल ले बाकि निर्धारण गर्नेछ ।

यो बराबरी सगै समूह “सि ” को दोस्रो चरण को समीकरण सबै टिमका लागि खुलेको छ ।

आज भएको खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको खेलको ७ औ मिनेटमा नै दिलाएको अग्रता ३७ मिनेटसम्म मात्रै टिक्यो । ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले बराबरी गोल फर्काए । र खेल पहिलो हाफ सम्म १/१ को बराबरी मा रोकियो र पुन दोस्रो हाफ मा कुनै टिम बाट गोल हुन सकेन र खेल बराबरी मा सकियो ।

आज नै समूह ‘सी’ कै अर्को खेलमा अहिले राति पौने ९ बजे पेरु र फ्रान्स खेल्दै छन् । भने पौने १२ बजे अजेन्टिना र क्रोएसिया भिडने छ्न ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *