onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिश्वकप मा आज ३ खेल हुँदै : मेस्सी को टिम अर्जेन्टिना का लागि आजको खेल जित्नै पर्ने दबाब मा

असार ७, अनलाईन खेलखबर || रसिया मा जारी फिफा बिश्वकप फुटबल अन्तर्गत आज बिहिवार पनि समूह चरण का ३ खेल हुदैछ्न ।

पहिलो खेल मा समूह “सि ” का डेनमार्क र अस्टे्लिया नेपाली समय अनुसार पौने ६ बजे भिडने छन । यसअघि १/१ खेल खेली सकेका यी दुई टिम ले आज दोस्रो खेल खेल्दैछ्न । समूह चरण को पहिलो खेल मा डेनमार्क ले पेरु लाई पराजित गरेको थियो भने अस्टेलिया फ्रान्स सगँ २-१ को अन्तरले पराजित भएको थियो । यदि आजको खेल मा डेनमार्क ले सहज जित निकाल्छ भने दोस्रो चरण मा पुग्ने सम्भावना बढेर आउने छ ।

यस्तै समूह “सि ” कै अर्को खेल मा आज फ्रान्स र पेरु भिडने छ्न । फ्रान्स पहिलो खेल मा जित निकालेको टिम हो भने पेरु पहिलो खेल मा डेनमार्क सगँ पराजित हुन पुगेको टिम हो । नेपाली समय अनुसार करिब पौने ९ बजे हुने खेल मा दुबै टिम जित का लागि मैदान उत्रिने छ । फ्रान्स र पेरु दुबै का लागि महत्त्वपूर्ण रहेको छ आजको खेल यदि खेल फ्रान्स को पक्ष मा गयो भने समूह ” सि ” को प्रि- क्वाटरफाईनल समीकरण लगभग तय हुनेछ ।

यस्तै आजै समूह ” डि ” मा रहेका अजेन्टिना र क्रोएसिया बिच आजको अन्तिम खेल मा नेपालि समय अनुसार पौने १२ बजे भिड्ने छ्न । लियोनल मेस्सी को टिम अर्जेन्टिना ले समूह को पहिलो खेल मा पहिलो पटक बिश्वकप मा खेल्दै गरेको आईसल्याण्ड सगँ १-१ को बराबरी खेलेको थियो । यसअर्थ मा आज अर्जेन्टिना का लागि निकै महत्त्वपूर्ण खेल खेल्दैछ उसलाई जितको बाहेक अन्य विकल्प छैन जसरि भएपनि जित निकाल्नै पर्छ ।यस्तै क्रोएसिया पनि आफ्नो दोस्रो खेल अर्जेन्टिना विरुद्ध जित निकाल्दै दोस्रो चरण मा जान चाह्न्छ । यसअघि पहिलो खेलमा नाईजेरिया लाई २-० ले पराजित गरेको क्रोएसिया उच्छ मनोबल मा छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *