onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सरस्वती ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं (अनलाइन खेलखबर ) । सरस्वती युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनमा परेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि सरस्वती लिगमा एक खेल बाँकी छ्दै ‘बी’ डिभिजनमा घटुवा भएको हो।

लिगमा १२ खेल खेलिसकेको सरस्वतीले अंकतालिकामा मात्र ४ अंक जोड्न सफल भयो ।

गत संस्करणमा नवौं स्थानमा रहदै लिग समाप्त गरेको सरस्वती यसपटक निकै खराब प्रदर्शन गर्दै रेलिगेसनमा परेको छ ।

यता आजको खेलमा च्यासलले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा च्यासलका तैईगा नाकामुराले गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा पनि एक गोल गर्यो । खेलको ६६ औं मिनेटमा हायतोले टिमका लागि दोस्रो गोल गर्दै अग्रता २-० को बनाएका थिए ।

त्यसपछि खेलको अन्त्यतिर सरस्वतीले एक सान्त्वना गोल फर्कायो । जुन गोल कन्जिमले गरेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *