पोर्चुगल र मोरक्को बिचको खेल मा , अहिले पोर्चुगल को अग्रता : पोर्चुगल पहिलो हाफ मा १-० ले अगाडि

पोर्चुगल र मोरक्को बिचको खेल मा , अहिले पोर्चुगल को अग्रता : पोर्चुगल पहिलो हाफ मा १-० ले अगाडि

असार ६ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औं फिफा बिश्वकप अन्तर्गत अहिले जारी पोर्चुगल र अफ्रिकन मुलुक मोरक्को बिच को पहिलो हाफ को खेल सकिएको छ ।

जारि खेल मा अहिले पोर्चुगलको पहिलो हाफ सम्म १-० को अग्रता कायम छ । मस्कोको लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ को चौथो मिनेट मै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो ले गोल गरेका हुन ।

रोनाल्डो गोल गर्ने क्रम मा कर्नर बाट आएको बललाई उत्कृष्ट हेड गर्दै जाली चुमाएका थिए । योसँगै रोनाल्डोले यो विश्वकपको २ खेलमा ४ गोल गर्दै आफूलाई शीर्ष स्थानमा राखेका छन्। यस अघि पहिलो खेल मा स्पेन विरुद्ध ह्याटि्रक गरेका थिए जुन खेल ३-३ को बराबरी मा सकिएको थियो ।

यदि आजको खेल पोर्चुगल ले जितेको खण्ड मा दोस्रो चरण मा पुग्ने सम्भावना पोर्चुगल को निकै प्रबल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *