onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एसियाली मुलुक जापान को बिश्वकप मा बिजयि सुरुवात

असार ५ , अनलाईन खेलखबर || रसिया मा जारी २१ औँ फिफा बिश्वकप फुटबल अन्तर्गत छठौँ दिनको पहिलो खेल मा एसियन मुलुक जापान ले कोलम्बिया लाई २-१ ले पराजित गर्न सफल भएको छ । जुन जित बिश्वकप मा कुनै दक्षिण अमेरिकन मुलुक माथी एसियन मुलुक को पहिलो जित हो ।।

मङ्गलबार समूह “एच “को पहिलो नै खेल मा छैटौं मिनेटमा पाएको पेनाल्टीबाट अग्रता लिएको एसियाली राष्ट्र जापाले पहिलो हाफ १-१ को बराबरीमा सकाएको थियो।
पहिलो हाफको ३९ औं मिनेटमा कोलम्बियाका लागि जुआन कुडार्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। फ्रिकिकबाट उनले उत्कृष्ट गोल गरेका थिए ।

कोलम्बियाका कार्लोस सान्चेजले हातले बल रोकेपछि जापानलाई पेनाल्टी दिएको थियो जसको भरपुर उपयोग गर्दै जापानका लागि सिन्जी कागवाले गोल गरेका थिए।
रेफ्रीले सान्चेजलाई रातो कार्ड देखाए पछि खेलको छैठौं मिनेटबाटै कोलम्बिया १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो हाफ सम्म बराबरी रहेको जापानका लागि खेलको ७३औं मिनेटमा ओसाकोले गोल गर्दै जापानलाई एतिहासिक जित दिलाउन सफल भए । यो जित सगै जापान समूह “एच ” को शिर्षस्थान मा उक्लिएको छ ।

यस्तै आजै हुने अन्य दुई खेल

पोल्यान्ड र सेनेगल ( ८:४५ नेपाली समय अनुसार )

रसिया र ईजिप्ट ( ११:४५ नेपालि समय अनुसार )

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *