रियल म्याड्रिड र बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिए

रियल म्याड्रिड र बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिए

एजेन्सी ।  रियल म्याड्रिड र बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।

गएराती भएको रियलको घरेलु मैदानमा भएको खेलमा म्याड्रिड रियल सोसिडाडसँग ४–३ ले पराजित हुँदै कोपा डेल रेको क्वाटरफाइनल बाट बाहिएको हो ।

खेलमा सोसिडाडले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।त्यसपछि दोस्रो हाफमा दुबै टिमले ३/३ गोल गरेका थिए ।

यस्तै बार्सिलोना भने एथ्लेटिक बिल्बाओसँग १-० ले निराश हुन पुगेपछी बार्साको पनि क्वाटरफाइनलबाटै यात्रा समाप्त भएको हो ।

बिल्बाओका लागि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा इनाकी विलियम्सले गरेको गोल नै निर्णायक सावित हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *